देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ। बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ।

तपाईको प्रतिक्रिया