सलमान खानलाई डेंगु संक्रमण पुष्टि

बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगु संक्रमण भएको छ । सलमानलाई डेंगु भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्ने भएका छन् ।

डेंगु​ले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान केही समयका लागि आराम गर्ने मनस्थितिमा छन् । करणलाई शोको होस्टको जिम्मेवारी दिने भनिए पनि करणको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । तर निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन् ।

करणले यसअघि पनि यो शो होस्ट गरिसकेका छन् । त्यो समयमा यो शो टेलिभिजनमा नभई ओटीटीमा रिलिज भएको थियो । सन २०२१ मा पनि करणले यो शो होस्ट गरेका थिए ।

तपाईको प्रतिक्रिया