सिम्तामा डिजिटल प्रविधिको प्रयोग सम्वन्धी छलफल


दुर्गा विसी । सुर्खेत । सिम्ता गाउँपालिका भित्रको सम्पूर्ण कामकाज कतिको सहि ढंगबाट सञ्चालन भए नभएको वारेमा अनौपचारिक छलफल कार्यक्रम गरिएको छ । डिजिटल लाइफ र एसिया फाउन्डेसन संस्थाले सिम्ता गाउँपालिकाले नयाँ प्रविधिको लागि कसरी तथ्यांकहरु व्यवस्थापन गर्ने गरेको छ, कसरी कुन प्रविधि मार्फत गाउँपालिका मातहतका शाखाहरुले डेटाहरु व्यवस्थित राख्ने,चाहेको वेला हेर्ने र दिन सक्ने छन भन्ने विषयमा चासो राखिएको थियो । आर्थिक प्रशासन शाखा, योजना, शिक्षा, स्वास्थ, पशु, कृषि ,स्वास्थ्य ,सुचना प्रविधि शाखा प्रमुखहरुले आ आफ्नो शाखाको गतिविधि तथा आवश्यक सुरक्षित तथ्यांकहरु कसरी राख्ने र प्रयोगमा आइरहेको भन्ने वारेमा जानकारी गराएका थिए । विभिन्न शाखाहरुले छुट्टाछुट्टै सफ्टवेयर प्रयोग गरिरहेको प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए । शतप्रतिशत डेटा राख्ने कुरामा चुनौतीसगै स्रोतको कमिले केही समस्या भएको तर पनि फिफ्टि फिफ्टि रहे प्रयोगमा भैरहेको दावि रहेको छ । संस्थाका रक्षा चालिसे र अनुप नेपालीले सिम्ताको डिजटल डेटालाई अझै कसरी व्यवस्थापन गर्ने सकिन्छ र हालको अवस्थाको वारेमा जानकारी लिने तथा दिने काम गरिएको थियोे ।समग्र सिम्ता गाउँपालिकाको सबै कुराको फेरिस्त तथ्यांक कसरी राख्न सकिन्छ र यसलाई कसरी व्यवस्थापन गर्ने सकिन्छ भन्ने कुरामा छलफल चलाएको थियोे । गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले गाउँपालिका सम्पूर्ण अंगहरु तथ्यांकहरु डाटामा नभइ सफ्टवेयर प्रणालीअनुसार डेटा सेभ गर्न अनुरोध गरेका छन् । सिमित स्रोत साधनका वावजुत यहि अवस्थालाई टेकेर अघि वढिरहेको गाउँपालिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया