वीरेन्द्रनगरमा डेङ्गो सार्ने एडिज लामखुट्टेको लार्भा खोज र नष्ट अभियान


सुर्खेत । वीरेन्द्रनगरमा डेङ्गो रोग सार्ने एडिज लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान संचालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य सेवा शाखाको समन्वय र सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा अभियान संचालन गरिएको हो । शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ स्थीत गणेशचौकमा एक कार्यक्रमको आयोजना गरी घर घरमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान संंचालन गरिएको स्वास्थ्य सेवा निर्देशनालयकी दिपा भट्टराईले जानकारी दिईन् । एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने र, त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुनुपर्ने भट्टराईले बताईन् ।

 

आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने । घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने । बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरिर ढाक्ने लुगा लगाउने । पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्न समुदायलाई जानकारी दिनु कार्यक्रमको उद्देश्य रहेको उनको भनाई रहेको थियो । कार्यक्रममा काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्न, घर र विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्करबेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कन, कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा राख्न पनी समुदायलाई सुझाव दिईएको थियो ।

तपाईको प्रतिक्रिया