सुरक्षित गर्भपतन बारे सचेतना अभिबृद्धि गर्न आवश्यक


सुर्खेत । सुरक्षित गर्भपतनका बारेमा गाउँगाउँमा सचेतना अभिबृद्धि गर्न आबश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बियोण्ड बेइजिङ्ग कमिटिको सहयोगमा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियमा सहभागिले अझै पनि ग्रामीण स्तरमा सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नभएको बताए । उनीहरुले यस सम्बन्धी जानकारीको अभावमा महिलाहरुले असुरक्षित रुपमा गर्भपतन गराईरहेको हुनाले धेरै जसो पाठेघर तथा प्रजनन स्वास्थ्यमा समस्या देखिने गरेको बताए । बिद्यालय, आमा समुह, महिला समुह जस्ता ठाउँहरुमा नियमित रुपमा सचेतना मुलक कार्यक्रम गर्न सके प्रभावकारी हुनेमा जोड दिए । कार्यक्रममा सहभागि वी।न।पा १२ की मिना कुमारी ढकालले यस्ता किसिमका सचेतना मुलक कार्यक्रम प्रभावकारी रहेको भन्दै गाउँ गाउँका महिलाहरुलाई पनि समेट्न जरुरी रहेको बताउनुभयो । ‘कहाँ गर्भपतन गराउँदा सुरक्षित हुन्छ, भन्ने कुरानै कतिपय महिलाहरुलाइ थाहा थाहा नभएको उनिहरुको भनाई रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मी बिष्णु गुरुङ्गले सुरक्षित गर्भपतन बारे सहजिकरण गरेकी थिईन् । वाम संस्थाकी कार्यकारी निर्देशक मधुरानी ढकालले सुरक्षित गर्भपतनमा अधिकार कार्यक्रम अन्तरगत बिद्यालयमा बिद्यालय बाहिर सचेतनामुलक कार्यक्रमहरु भईरहेको जानकारी दिईन् ।

 

तपाईको प्रतिक्रिया