लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकिय शाहीले जिम्मेवारी सम्हाले


सुर्खेत । लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले जिम्मेवारी सम्हालेका छन् । आईतवार प्रमुख प्रशासकिय अधिकृत शाहिले जिम्मेवारी सम्हालेका हुन । बारबर्दिया नगरपालिकाबाट सरुवा भई आएका शाहीले लकेवेशी नगरपालिकामा प्रमुख प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्दै समृद्ध लेकवेशी बनाउने अभियानलाई सफल बनाउन लागी पर्ने बताएका छन् । यस्तै प्रमुख प्रशासकिय अधिकृत शाहीले नगर कार्यपालिकाले गरेका निर्णहरुलाई कार्यान्वयनका लागी तत्पर रहने र सुशासनयुक्त नगरपालिका बनाउन जोड दिने बताए । आईतवार प्रमुख प्रशासकिय अधिकृत शाहीलाई नगर उपप्रमु बिमला खड्लुक लगाएत नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुले स्वागत गरेका थिए । यस अगाडी रहेका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रशाद खरेलको सरुवा भएपश्चात शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालीरहेका थिए ।

तपाईको प्रतिक्रिया