सुर्खेत । श्री साना किसान सहकारी संस्था लिमिटेड साटाखानीको १९ औँ साधारणसभा सम्पन्न भएको छ । आईतबार लेकवेशी नगरपालिका वडा नम्वर ९ साटाखानीको चौरासेमा भएको साधारसभामा संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा गरेका कामहरुको प्रगति विवरण पेश गरिएको थियो । संस्थाले गत आर्थिक वर्षमा विभिन्न संघ संस्थाहरुको लागत साझेदारीमा दुग्ध उत्पादन, दुग्ध संकलन तथा व्यवस्थापन, कोभिड प्रभावित तथा एकल महिला स्वरोजगार कार्यक्रम, केरा तथा ड्रागन फ्रुट खेती लगाएतका कार्यक्रम संचालन गरेको संस्थाका प्रवन्धक हरी प्रशाद पौडेलले जानकारी दिए । संस्थाले हाल वित्तिय साक्षरता, शहकारी शिविर, उद्यमशिलता तालिम, एग्रोभेट संचालन, वालि उपचार संचालन, पशु मृत्यु राहात वितरण, विभिन्न प्रकारका तालिम लगाएतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको पोडेलले जानकारी दिए ।
संस्थाले गत आर्थिक वर्षमा ४५ लाख ३३ हजार ३६ रुपैँया नाफा गरेको छ । चालु आर्थिक वर्षमा अन्तर संस्था भ्रमण, अन्तर समुह स्तरीय गोष्ठी, अनिबार्य पशु बिमा लगाएतका कार्यक्रमहरु गर्ने निति लिएको छ । कार्यक्रममा जेष्ठ नागरिकहरु, सफल कृषकहरु गाएतलाई खादा ओढाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेलले कृषी क्षेत्रको विकास नभए सम्म नगरको समृद्धी सम्भव नरहेको भन्दै वडा नम्वर ८,९ र १० लाई कृषि पकेट क्षेत्रको रुपका विकास गरिने बताए । नगर प्रमुख पौडेलले लेकवेशीमा दुग्ध उत्पादन बढाउनका लागी आवश्यक रहेको बताउँदै नगरपालिकाले दुधको बजारीकरणका लागी नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रमका विषेश अतिथी कृषी विकास निर्देशनालय कर्णालीका निर्देशक चित्र बहादुर रोकायले किसानहरुको सहयोगका लागी निर्देशनालय सधै तयार रहेको भन्दै कृषकले स्थानिय उत्पादमा जोड दिनुपर्ने बताए ।
आईतवार भएको साधारण सभाले याम प्रशाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिती समेत चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ती कुमारी छन्तेल, कोषाध्यक्षमा टंक बहादुर थापा क्षेत्री तथा सदस्यहरुमा अम्मर बहादुर सारु, अमृता घिमिरेनी, डम्मर प्रशाद ढकाल, शान्ती प्रशाद अधिकारी, गिता बस्नेत, नदिसरा ढकाल,पुर्णा पचभैया, लक्ष्मी सोमै, ईन्द्रा भुरुङ्ग र लिलाधर ढकाल चयन भएका छन् । यस्तै हरी प्रशाद चालिसेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती समेत चयन गरिएको । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शिवलाल खराल, लेकवेश िनगरपालिकाका उपप्रमुख विमला खड्लुक, विभिन्न साना किसान सहकारी संस्थाका प्रतिनिधी, संस्थाका शेयर सदस्य लगाएको सहभागिता रहेको थियो ।
दर्शन खबर । ३० आश्विन २०७९, आईतवार