कर्णालीको हवाई उडानसम्बन्धि समस्या समाधान गर्न उडड्यनमन्त्री संग माग


काठमाडौँ । कर्णालीको हवाई उडानसम्बन्धि समस्या समाधान गर्न केन्द्र सरकारसँग माग गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ समक्ष कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले भेट गरी उक्त माग गरेको हो ।
हाल कर्णामा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुको उडानलाई नियमित बनाउनका लागि पनि उनीहरुसहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरिएको छ ।
वर्षात्का कारण सडक बाटोको सञ्जाल, विद्युत र टोलिफोन सेवा समेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्ला सम्पर्क विच्छेद भएको अवस्थामा छ। पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भईरहेका बेला हवाई सेवा समेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नु परेको गुनासो समेत गरे ।

कर्णालीको लागि हवाई सेवाको दीर्घकालिन समस्या समाधान गर्न र यसका लागि केही ट्वीनटर जहाजहरु थप गर्नका लागी मन्त्री श्रेष्ठ समक्षलाई ज्ञापन पत्र बुझाइएका पुर्व मन्त्री भण्डारलिे जानकारी दिए ।
मन्त्री श्रेष्ठले भण्डारी नेतृत्वको टोलीलाई कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुने गरी २ वटा विमान खरिद गर्ने योजना अघि सारिएको जवाफ दिएका थिए । भने निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुलाई बोलाएर सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासन समेत दिएका थिए ।
पूर्वमन्त्री भण्डारीले भने निजी क्षेत्रको अपारदर्शी हवाई उडानका लागि त्यहाँका जनताले ठूलो सास्ती भोग्नु परेकाले सो समस्या पनि समाधानका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको बताए ।

तपाईको प्रतिक्रिया