प्रदेश इञ्चार्जको सहभागितामा सरसफाई तथा सचेतना कार्यक्रम


सुर्खेत । राष्ट्रिय युवा संघ नेपालले वीरेन्द्रनगर–८ मा सरसफाइ तथा डेँगु संक्रमणबारे सचेतना कार्यक्रम गरेको छ । हरेक वडामा सरसफाइ तथा सचेतनाका कार्यक्रम गर्ने अभियान अन्तर्गत शनिवार बिहान उक्त वडामा कार्यक्रम गरिएको हो । यसअघि वीरेन्द्रनगरका विभिन्न वडाका थुप्रै स्थानमा सरसफाइसँगै सचेतनाका कार्यक्रमम गरिएको राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका अध्यक्ष वासु आचार्यले बताए ।
वीरेन्द्रनगरको वडा नं. ८ मा भएको कार्यक्रममा नेकपा ‐एमाले)का कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित अन्य नेताहरुको पनि सहभागिता रहेको थियो । नेता कँडेलले युवाहरुलाई यसरी सामाजिक काममा अग्रसर गराएको भन्दै राष्ट्रिय युवा संघको प्रशंशा गरे । उनले यस्ता अभियानलाई प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्ने सुझाए । संघका सुर्खेत अध्यक्ष आचार्यले आफूहरुको संगठनमा उर्जाशील, रचनात्मक र अनुशासित युवाहरु आवद्ध भएकाले यसलाई सामुदायिक संगठनका रुपमा अघि बढाइएको जनाए । संघमा आवद्ध युवाहरुले सामाजिक काम अन्तर्गत रक्तदान, वृक्षारोपण र सरफाइ तथा सचेतनाका कार्यक्रमहरु गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया