दश दिन देखी चिङ्गाडमा टेलिफोन सेवा अवरुद्ध, पालिकाको कामकाज समेत प्रभावित


सुर्खेत । दश दिन देखी चिङ्गाड गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । गत असोज १९ गते देखी परेको अबिरल बर्षाका कारण गाउँपालिकाको विभिन्न क्षेत्रहरुमा नेपालटेलिकमले काम गर्न छाडेपछी पालिका समेत संचार विहिन भएको हो । चिङ्गाड क्षेत्रमा नेपाल टेलिकमले बनाएको एकमात्र टावर सोलार बाट चल्ने गरेको र अहिले सोलार सिस्टममा समस्या आएपछी टावर नचलेको हुनसक्ने अनुमान गरिएको छ । टेलिफोन सेवा अवरुद्ध भएसंगै गाउँपालिकाको प्रशासनिक कामहरुमा पनी बाधा पुगेको छ । संचार संगै ईन्टरनेटमा पनी समस्या आएका कारण गाउँपालिकाले नियमित रुपमा गर्ने विल भुक्तानी तथा सुचना आदान प्रदानका कामहरु प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर हमालले जानकारी दिए ।

 

नेपाल दुरसञ्चारको कार्यालय सुर्खेतलाई मर्मतका लागी बारम्बार आग्रह गरेपनी समस्या समाधान हुन नसकेको हमालको भनाई रहेको छ ।
यता दुर सञ्चार कार्यालय सुर्खेतका सुचना अधिकारी प्रेम गरीले नियमित आएको वर्षातका कारण उक्त स्थानमा सोलार कन्ट्रोलर बिग्रीएको कारण टेलिफोन सेवा अवरुद्ध भएको र सोलार कन्ट्रोलर काठमाडौँबाटै ल्याउनुपर्ने भएकाकारण मर्मतमा ढिलाई भएको बताए ।
काठमाडौँबाट सामाग्री आईपुगे पश्चात टेलीफोन सेवा सुचारु हुने उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया