नक्कली डाक्टर बनेर उपचार गर्ने डेन्टल संचालक पक्राउ (भिडियो रिपोर्ट)

सुर्खेत । नक्कली डाक्टर बनेर विरामीको उपचार गर्ने एकजना डेन्टल संचालक पक्राउ परेका छन् । वीरन्द्रनगर ६ विच बजारमा समाज डेन्टल क्लिनीक संचालन गर्दै आएका शिवालय गाउँपालिका वडा नम्वर १ जाजरकोट घर भएका वर्ष २२ का डिल बहादुर महतरालाई बुधबार प्रहरीले पक्राउ गरको हो । उक्त क्लिनीकका संचालक महतराले डाक्टर स्मीथ बहादुर खड्का हुँ भन्दै विरामीको उपचार गर्ने गरेका हुन् । डेन्टल क्लिनिक संचालनका लागी कानुनी प्रक्रीया पुरा नगरी डेन्टल क्लिनिक संचालन गरेको समेत पाईएको छ । मापदण्ड विपरित संचालनमा रहेको क्लिनिकले नक्कली डाक्टरबाट दन्त विरामीहरुको उपचार समेत गर्ने गरेको हो । उक्त डेन्टलमा कर्णाली डेन्टल क्लिनिक होममा कार्यरत दाँत तथा मुख रोग विषेशज्ञ डाक्टर शुर्दसन कुमार गुरुङ्गले उक्त काम गर्दै आएका छन् । क्लिनिकका संचालक महतरालाई पक्राउ गरी अनुसन्धान प्रक्रीया अगाडी बढाईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया