भेरिगंगामा बार्षिक समिक्षा सम्पन्न, सुशासनयुक्त पालिका बनाउनु पर्नेमा जोड


सुर्खेत । भेरीगंगा नगरपालिकाले बार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ ।
बुधवार नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ मा भएका कामहरुको विषयमा समिक्षा गरिएको थियो भने चालु आर्थिक वर्षमा नगरपालिका गतिविधी तथा कार्यक्रमहरुलाई कसरी अगाडी बढाउने विषयमा छलफल गरिएको थियो ।
समिक्षा कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रशाद ढकालले नगरपालिकालाई शुसासनयुक्त बनाउनका लागी कानुन बमोजिम गर्नुपर्ने नियमित कामहरुलाई निरन्तरता दिनुपर्ने, मासिक प्रतिवेदन तथा मासिक बैठक जस्ता नियमित कामहरुलाई अडगाडी बढाउँदै कमजोर पक्षलाई सुधार गर्नतर्फ सबै कर्मचारी तथा जनप्रतिनिधीहरु लागी पर्नु आवश्यक रहेको बताए । यस्तै नगर उपप्रमुख धनसरा बोहोराले नगरपालिकाले नियमित प्रवाह गर्नुपर्ने सुचनालाई पारदर्शी बनाउनुपर्ने भन्दै पालिका स्तरको समिक्षा नियमित गर्नुपर्ने बताईन् ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रशाद पोखरेलले स्थानिय तहलाई शुसासनयुक्त र पारदर्शी बनाउनका लागी समिक्षा कार्यक्रम आवश्यक रहको बताए ।
नगर प्रमुख यज्ञ प्रशाद ढकालको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा पालिकाका कर्मचारी तथा सम्पुर्ण जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया