क्षेत्र नम्वर १ मा ४ जनाले बागी उम्मेदवारी फिर्ता लिए, देब बहादुर चन्दले फिर्ता लिएनन्


सुर्खेत । निर्वाचन क्षेत्र नम्वर १ मा ४ जनाले बागी उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधीसभा तर्फ गठबन्धन दल नेपाली कांग्रेसका पुर्ण बहादुर खड्का विरुद्ध उम्मेदवारी दिएका मानसिंह ठकुरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै प्रदेशसभा क्षेत्र १ नम्वर मा स्तवन्त्र उम्मेदवारी दिएका युवराज शर्मा र क्षेत्र नम्वर २ मा खड्क खत्री र दल बहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत उपेन्द्र केशर खनालले जानकारी दिए ।

क्षेत्र नम्वर १ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको देब बहादुर चन्दले भने उम्मेदवारी फिर्ता लिएनन् ।
प्रतिनिधीसभा तर्फ नेपाली कांग्रेसका उपसभापती पुर्ण बहादुर खड्का र नेकपा एमालेका निवर्तमान प्रतिनिधीसभा सदस्य धु्रब कुमार शाहीविच चुनावी प्रतिसप्रधा हुनेछ भने प्रदेशसभा (क) मा नेपाली कंग्रेसका खड्क बहादुर पोखरेल र नेकपा एमालेका ठम्मर विष्ट विच प्रतिसप्रधा हुने छ । यस्तै प्रदेशसभा (ख) मा नेकपा एमालेका डण्डी प्रशाद शर्मा, नेकपा माओवादीका कृष्ण जिसी र नेपाली कांग्रसबाट बागी उम्मेदवारी दिएका उम्मेदवार देब बहादुर चन्द बिच प्रतिसप्रधा हुने छ ।

तपाईको प्रतिक्रिया