
सुर्खेत । निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका खडक खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । बुधवार क्षेत्र नम्वर को निर्वाचन अधिकृतको कार्यालय मेहेलकुनामा पुगी खत्रीले आफ्नो फिर्ता लिएका हुन् ।
नेकपा एमालेबाट आगामी निर्वाचनका लागी एकल सिफारिस भएका खत्रीको स्थानमा डण्डी प्रशाद शर्मालाई टिक दिएपछी खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमाले जिल्ला कमिटी सचिवालय बैठकको अनुरोधमा खत्रीले उम्मेदवारी फिर्ता लिएको एमाले स्रोतले जनाएको छ । आगमी मंसिर ४ मा हुने निर्वाचनमा क्षेत्र नम्वर १ (ख) मा गठबन्धन दल नेकपा माओवादीका उम्मेदवार कृष्ण जिसि र डण्डी प्रशाद शर्माविच चुनावी प्रतिसप्रधा हुनेछ ।


दर्शन खबर । २६ आश्विन २०७९, बुधबार