
मनाङ । मनाङको प्रदेशसभा ख बाट राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेश सभा सदस्यमा निर्वाचित निर्विरोध भएका छन् ।
गण्डकीका सरकारका वर्तमान युवा तथा खेलकुद मन्त्री समेत रहेका मनाङे सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।
मनाङको प्रदेशसभा ख बाट उम्मेदवारी दिएका मनाङेविरूद्ध दोर्जे लामा गुरूङले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
दोर्जेले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ता लिन निवेदन दिएपछी उनी निर्विरोध निर्वाचित भएका हुन् ।
‘स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरूङले उम्मेदवारी फिर्ता लिन निवेदन उनका सोकिय सचिव राजेन्द्र आचार्यले दर्शनखबर लाई जानकारी दिए ।


दर्शन खबर । २६ आश्विन २०७९, बुधबार