लेकवेशीका नयाँ प्रमुख प्रशासकिय अधिकृत शाहीलाई हाजिरी हुन रोकियो


सुर्खेत । लेकवेशी नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीलाई हाजिरी हुन रोकिएको छ ।
बारबर्दिया नगरपालिकाबाट २०७९ साल असोज १ गतेदेखि लागु हुने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत शाहीलाई सरुवा गरी लेकवेशीमा पठाए पछी शाही नगरपालिकामा पुग्दा समेत हाजिर हुन बाट रोकिएको हो ।
असोज १३ गते सम्म आफु दैनीक रुपमा कार्यालयमा गई हाजिर गराउन नगर प्रमुख समक्ष माग गरेता पनी नगर प्रमुख पौडेलले आन्तरिक कारण देखाउँदै हाजिरी हुन नदिएको नयाँ प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहिले बताए ।
यता हाल नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत पहलमान अधिकारी भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।
नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेलले विभिन्न कारण देखाएर नयाँ हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर हुनबाट रोकेको जनाईएको छ । यस विषयमा नगर प्रमुख पौडेल संग सम्पर्क गर्न खोज्दा उनी संग सम्पर्क हुन सकेन ।
प्रमुख प्रशासकिय अधिकृत कृष्ण खरेल साउनमा सरुवा भएर गएयता शिक्षा शाखा प्रमुख पहलमान अधिकारीलाई प्रमुख प्रशासकिय अधिकृत नआउने बेलासम्मका लागि निमित्त प्रमुख प्रशासकिय अधिकृतको मन्त्रालयले जिम्मेवारी दिएको थियो ।



तपाईको प्रतिक्रिया