मिनेन्द्र रिजाललाई स्वतन्त्र लड्न कार्यकर्ताको दबाब

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.मिनेन्द्र रिजाललाई स्वतन्त्र लड्न कार्यकर्ताको दबाब बढेको छ । पछिल्लो समय देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेता डा. रिजालको साटो देउवाले महाधिवेशनको बेला कोइराला समूह छाडेर आफूलाई साथ दिएकी सुजाता कोइरालालाई टिकट दिएपछी स्वतन्त्र लड्न कार्यकर्ताले दबाब दिएका हुन् ।
संसदमा कांग्रेसको उपस्थिति कमजोर भएका बेला प्रभावकारी भूमिका निर्वाह गरेर प्रतिपक्षको आवाज बलियो बनाएका रिजाल महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार थिए ।
२०७४ मा कांग्रेसले प्रत्यक्षतर्फ २३ सीट जित्दा रिजालले वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए । रिजालमाथि देउवाले पुर्वाग्रह साँधेको टिप्पणी नेताहरुले गरेका छन् ।
रिजाललाई अन्याय र प्रतिशोधविरुद्ध लड्न स्वतन्त्र उम्मेदवारी दिन कार्यकर्ताले दबाब दिएका छन् ।

तपाईको प्रतिक्रिया