३० वर्ष पछी कंडेल र शाक्य चुनावी भिडन्तमा


सुर्खेत ।  ३ दशक पश्चात यामलाल कंडेल र काली प्रशाद शाक्यको चुनावी भिडन्त हुने भएको छ । मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्वर २ प्रदेश सभा (क) बाट कंडेल र गठबन्धन दल नेपाली कांग्रेसबाट कालि प्रशाद शाक्य उम्मेदवार बनेका छन् । २०४९ को स्थानीय निकाय निर्वाचनमा एमालेका कँडेल र कांग्रेसका शाक्यवीच वीरेन्द्रनगर नगरपालिकाको मेयरमा प्रतिस्पर्धा भएको थियो । यसपटक सुर्खेत २ (क) मा एमालेबाट कँडेल र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका शाक्य उम्मेदवार बनेका छन् । दुवै उम्मेदवारले आज मनोनयन दर्ता गर्दै छन् ।

तपाईको प्रतिक्रिया