प्रत्यक्ष तर्फको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ ।
आज ९आइतबार० बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्न उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया