सुर्खेतबाट ३ हजार ९ सय बढी खसी काठमाण्डौँ निर्यात


सुर्खेत । दशैँ तिहारलाई लक्षित गरेर सुर्खेतबाट तीन हजार बढी खसी काठमाण्डौँ निर्यात गरिएको छ । सुर्खेतको बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका र वीेरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यहरुले पालेका ३ हजार ९ सय ५८ वटा खसी काठमाण्डौं निर्यात गरिएको हो । महिलाहरुलाई ब्यवसायिक र आत्मनिर्भर गराउनका लागि कृषि तथा पशुपालन ब्यवसायमा सहकारीले सदस्यहरुलाई बित्तिय सहयोग गर्दै आइरहेको छ । सहकारीहरुले माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक,आएमडिसि, आरएसडिसी र राष्ट्रिय सहकारी बिकास बैंक लगायतका बित्तिय संस्थाहरु संग समन्वय गरी सदस्यहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन थाले पछि सदस्यहरु ब्यवसायिक बाख्रा पालन ब्यवसाय गर्दै आइरहेका छन । सहकारीहरुले संकलन केन्द्रहरु मार्फत तौल प्रणालीका आधारमा खसिको बजारीकरण गर्न थाले पछि कृषकहरुले उचित मुल्य प्राप्त गरेको बताएका छन् ।

 

हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्था, सुर्खेतले “पशु बस्तुको मुल्य श्र्रृखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना” मार्फत प्राबिधिक र बजारीकरणमा सहयोग गर्दै आएको छ । परियोजनाले सहकारीहरुको संस्थागत क्षमता अभिबृद्धिमा सहयोग पु¥याउनुका साथै महिला सदस्यहरुलाई बाख्रापालन सम्बन्धि तालिम तथा प्राबिधिक सहयोग गर्दै आइरहको परियोजना संयोजक पदम बहादुर दलामीले जानकारी दिए ।
कृषकहरुले जिउँदो खसी प्रति के.जी पाँच सय देखि पाँच सय तिस रुपैया सम्ममा बिक्रि गरेका छन् । सुर्खेत स्थित सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रीवेणी सामाजिक उद्यमी महिला सहकारी संस्था, सफल सामाजिक उद्यमी महिला सहकारी संस्था, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था, भेरी किनारा सामाजिक उद्यमी महिला सहकारी संस्था, सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्था, लाटीकोइली सामाजिक उद्यमी महिला सहकारी संस्था र उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्थाहरुले दशै तिहार लक्षित खसी बाख्राको बजारीकरण कार्यक्रम संचालन गर्दै आइरहेका छन् । सहकारीहरुले दशै तिहारमा मात्रै सुर्खेत बाट ६ हजार ८सय खसी बिक्रि गर्ने लक्ष्य राखेको परियोजना संयोजक पदम बहादुर दलामीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया