
सुर्खेत । डेंगु रोगको नियन्त्रणका गर्ने लक्ष्यका साथ नेटा बजार सरसफाई गरिएको छ । विजया दशमीको अवशरमा विहिवार वडा कार्यालय नेटाको अगुवाईमा स्वास्थ्यचौकी नेटा परिसर, नेटा बजार, लगाएत सार्वजनीक स्थानहरुको सरसफाई गरिएको हो । केहिदिन पहिला नेटाको डाडागाउँ चारकुनेका सडक तथा सार्वजनीक स्थानहरुको सरसफाई गरिएको थियो । अहिले महामारीको रुपमा फैलिएको डेंगु रोगको नियन्त्रण, र घरआँगन सरसफाई राख्न नेटावासिहरुलाई आग्रह गर्दै सरसफाई अभियानलाई तिब्रता दिईएको वडा अध्यक्ष चक्र बहादु शाहीले जानकारी दिए ।
विहिवार भएको नेटा बजार सरसफाई कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर शाही, अस्थायी प्रहरी चौकी नेटा, स्वास्थ्य चौकीका प्रतिनिधी, स्थानिय नागरिहरु र नेटाका व्यापारीहरको सहभागितामा बजार सरसफाई गरिएको हो ।



दर्शन खबर । १४ आश्विन २०७९, शुक्रबार