हात हतियार बुझाउन सुर्खेत प्रशासनको आग्रह


सुर्खेत । प्रतिनिधीसभा र प्रदेश सभानको निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुर्खेत प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियारहरू प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई स्वच्छ,शानतीपुर्ण र भएरहित तवरबाट सम्पन्न गर्नका लागी इजाजतसहित लिइएका हतियारहरू निर्वाचन पश्चात फिर्ता पाउने गरी नजिकको प्रहरी इकाइ मार्फत जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्तिक ५ गते सम्म बुझाउन शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक सुचना जारी गर्दै सम्वन्धीत सबैमा अनुरोध गरेको हो ।

 

तपाईको प्रतिक्रिया