रेविज रोगवारे सिम्तामा विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न


दुर्गा विसी ।
सुर्खेत । रेविज दिवसको अवसरमा रेविज रोगवारेमा सिम्तामा सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ । एक स्वास्थ्य अवलम्बन, रेविजबाट शुन्य निधनको मुलनारा तय गर्दै सो कार्यक्रम आयोजना गरिएको थियोे । एक स्वास्थ्य तथा रेविज रोग बारे विद्यालय स्तरीय सचेतना एवं खोप कार्यक्रम सिम्तामा सम्पन्न भएको छ । सिम्ता गाउँपालिका वडा नं ६ मा रहेको मोड्र्न सरस्वती पब्लिक बोर्डिङ स्कुलमा कार्यक्रमको आयोजना गरिएको थियोे ।
उक्त कार्यक्रमको सहकार्य पशुपन्छि अनवेसन प्रयोगशाला कर्णाली प्रदेश सुर्खेत,साझेदारि संस्थाका रुपमा हेफर संस्था,सुन्दर नेपाल संस्था,मोड्र्न बोर्डिङ स्कुल रहेको थियोे ।
रेविज रोग अत्यधिक पशुपालनबाट लाग्ने रोग हो ।विद्यार्थीहरुलाइ वातावरणीय प्रभावसँगै घरायसी पशुपन्छिबाट हुने खतरा जन्य रोगबाट सजगता अपनाउन विशेष आग्रह गरिएको छ ।
घरपालुवा पशुपन्छिलाइ स्वास्थ राख्नु मानिसको प्रया महत्त्वपूर्ण कुरा भएको वताएको छ।मानिसबाट पशु र पशुबाट मानिसमा सर्ने रोगहरुको सजगताका विषयमा जानकारी गराएको थियोे भने ७५ प्रतिशत रोगहरु पशुबाट मानिसलाई लाग्ने जनाएको छ ।
विश्वमा १५ मिनेटमा १ जनाको रेविजकै कारण मुत्यु भैरहेको जनाएका छद। कार्यक्रम सिम्ता वडा नं ६ का निवार्चित वडा सदस्य दिलिप वुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमलाई २ भागमा विभाजन गरी संचालन गरीएको थियो । जनचेतना मूलक कार्यक्रम अन्तरगत विद्यालयका विद्यार्थिहरु संग अन्तरक्रियात्मक गरिएको थियोे ।

नेपाल भेटेरीनरी एसोसियसन कणार्लि प्रदेशका कोषाध्यक्ष डा। सतिस योगी, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा. मोनालिसा खनालले रोग लाग्नवाट वच्ने उपाय तथा रेविज सम्वन्धी विश्वब्यापि रुपमा भएको तथ्याङ्गको विषयमा प्रस्तुतीकरण गरेका थिए । त्यसै गरी निसुल्क रुपमा रेविज भ्याक्सीन लगाउने कार्य अभियानको रुपमा संचालन सिम्ता ४ वजेडिचौरमा १० कुकुरलाई रेविज विरुद्धको खोप नेपाल भेटेरीनरी एसोसियसन कणार्लि प्रदेशका सह सचिव डा. उमेस गिरी, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा। मोनालिसा खनाल, सुन्दर नेपाल संस्थाका टेक्नीकल कोओडिनेटर निर्मल खत्री,वडा न ं ४ का पशु प्राविधिक भावना थापा, संस्थाा कर्मचाारी दिपक कुमार वुढा,उदय के।सीको समेत सहभागीता रहेको थियोे ।
वडा सदस्य वुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संचालन कृर्षि तथा पशु उद्यमशिलता विकास परीयोजना सिम्ताका कार्यक्रम संयोजक ओम प्रकाश थापाले संचालन गरेका थिए ।


तपाईको प्रतिक्रिया