भेरिगङ्गा नगरपालिकाको बजेट सार्बजनिक

सुर्खेत । भेरिगङ्गा नगरपालिकाले तोकिएको मिति तथा समयको अन्तिममा आएर बजेट असार ३१ गते मंगलबार सार्बजनिक गरेको छ । गत असार १० गते देश भरिको स्थानीय तहले नीति तथा बजेट सार्बजनिक गरिसक्नु पर्ने भएता पनि केही समस्याले िढलाइ भएको थियो ।
मंगलबार असार ३१ गते आर्थिक बर्ष २०७६र०७७ को लागि  नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम नगरसभाबाट  बहुमतले पास भएको छ । चालू आर्थिक बर्ष २०७६र७७ को लागि भेरिगङ्गा नगरपालिका ले ५९ करोड ९८ लाख ५० हजार बराबरको बजेट बिनियोजन गरेको छ ।
नगर उप(प्रमुख रेणु आचार्य ९ढकाल० ले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा हिम सिखर बहुमुखी क्याम्पस भवन निमाण, आँखा उपचार केन्द्र, माध्यमिक बिध्यालयहरुमा स्थानिटरी प्याड कार्यक्रम, देउती ताजा तरकारी संकलन केन्द्र, दलित स्वरोजकार्यक्रम तथा सिप बिकाश कार्यक्रम, नगर सङ्रालय, भेरिगङ्गा डुमकोट दलित सङ्रालय, दलित जनजाती अपांग महिला तथा लोकोन्मुख तथा सिमान्तकृत समुदायको उत्थान र बिकाश कार्यक्रम, छुवाछुत भेदभाव मुक्त साझा अभियान कार्यक्रम, खरको सानो हटाउ कर्कट पाता लगाउ अनुदान कार्यम्रम, मृगौला क्यानसर मुटु मेरुदण्ड रु १० हजार तथा अन्य बिरामी लाई सहयोग, ७५ बर्ष नाघेका जेष्ठ नागरिक तथा पुर्ण अपाङ्ग भएमा ब्यक्ती प्रोत्साहन कार्यक्रम, बालबिवाह न्यूनीकरण, एकल महिला बिशेश कार्यक्रम एच।आइ।भि।एडस लक्षित कार्यक्रम, ट्राफिक प्रहरी सङ्ग साझेदारी कार्यक्रम, दिबस बर्ष तथा उत्सब, अपाङ्गगता परिचय पत्र सिफारिस समिती, मैनतडा बृद्दाश्रम सन्चालन गर्ने, फोहोर मैला सरसफाइ अध्यन सम्बन्धी, माध्यामिक बिध्यालयमा नर्सिङ, लगायतका कार्यक्रमहरु रहेका छन ।
नगर कार्यपालिकाले गत बर्ष भन्दा अल्लि फरक तरिकाले पास भएको भन्दै केही वडाका वडा अध्यक्षहरूले असन्तुष्ट ब्यक्त गरेपनि नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।


तपाईको प्रतिक्रिया