उपभोक्ता समितिमा बस्न नेकपा जिल्ला सदस्यलाई मनाही

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कुनैपनि जिल्ला सदस्यलाई उपभोक्ता समितिमा बस्न मनाही गरिएको छ । मंगलवार नेकपा सुर्खेत समितिको सुर्खेत जिल्ला कमिटीको सपथ कार्यक्रममा यस्तो निर्णय भएको हो ।
नेकपाका जिल्ला कमिटीका सदस्यहरुलाई पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेलले सपथ ग्रहण गराएका छन् । नेकपा सुर्खेतको जिल्ला कमीटीको बैठकले साउन महिनाको १५ गते भित्र स्थानीय स्तरमा र साउन महिनाको मसान्त भित्रमा वडापालीका सम्ममा एकिकरण सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्ला कमिटी बैठकले ७ जनाको जिल्ला कार्यालय मध्ये ४ सदस्यको टुङ्गो लगाएको छ । जिल्ला अध्यक्ष ध्रुव कुमार शाही र सचिव कृष्ण बहादुर जिसीको साथै मोहन बडुवाल र टोप बहादुर राष्कोटी मगरलाई जिल्ला कार्यालयमा बैठकले चयन गरेको छ ।
बैठकले पूर्व एमाले र माओवादी केन्द पार्टीको नाममा रहेको सम्पत्ती र आर्थिक अभिलेख सबै एकिकरण गनेै निर्णय गरेको नेकपा सुर्खेतका जिल्ला सचिव कृष्ण बहादुर जिसी जितेन्द्रले जानकारी दिए ।


तपाईको प्रतिक्रिया