नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी, मुख्यमन्त्री शाहीद्वारा अनावरण


सुर्खेत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरमा रहेको कभर्ड हलमा उक्त ट्रफी अनावरण गरेका हुन् । ट्रफी अनावरण गर्दै मुख्यमन्त्री शाहीले ट्रफीले खेलाडीहरूलाई हौसला प्रदान गर्ने बताए । ‘कर्णालीका खेलाडीले ट्रफी स्पर्श गरिसकेको बताउँदै अब नवौं खेल पनि जितेर आउनेमा हामी ढुक्क मुख्यमनत्री शाहीले बताए । ट्रफी अनावरण गर्दै मुख्यमन्त्री शाहीले ट्रफीले खेलाडीहरूलाई हौसला प्रदान गर्ने बताए ।

ट्रफी टुरका कार्यदल संयोजक तेक्वान्दो खेलाडी दीपक विष्टले प्रत्येक प्रदेशमा ट्रफी डुलाउनुको मुख्य कारण खेलाडीहरूलाई हौसला प्रदान गर्नु भएको बताए । ट्रफीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, अल्ट्राधावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही सुर्खेतमा आईपुगेका छन् । ट्रफी टुरको कार्यदल कर्णालीबाट मधेस प्रदेश जाने तयारी गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया