भोली देखि निर्वाचन आचार संहिता लागु हुने

काठमाडौं । निर्वाचन आयोगले असोज भोली देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ ।
आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताहरू आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । दलका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए ।
आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनले बताए। आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिएमा आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्न सकिने पनि उनले बताएका छन् । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।


तपाईको प्रतिक्रिया