नेरा मावि नेटाको भवन रेट्रोफिटिङमा ठेकेदारको लापरवाही


सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्वर ५ नेटामा रहेको नेपाल राष्ट्रीय माद्यामिक विद्यालयको भवन रेट्रोफिटिङ गुणस्तरीय नभएको पाईएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा ४४ लाख लागतमा सुरु भएको रेट्रोफिटिङ को काम गुणष्तरीय नभएको विद्यालय व्यवस्थापन समितीले जनाएको छ ।
ओम कन्ट्रक्सनले जिम्मा लिएको उक्त भवनको रेट्रोफिटिङमा गुणस्तरहिन काम भएको भन्दै विद्यालय व्यवस्थापन समितीले आपत्ती समेत जनाएको छ ।
बिद्यालय भवन रेट्रोफिटिङमा गुणष्तरीय काम नहुदाँ भवन जिर्ण हुने भन्दै निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजित बौडेलले बताए । भवनको निर्माण कार्य सम्पन्न नहुदैँ विलभरपाई फरफार गरिएको अध्यक्ष बौडेले बताएका छन् । विद्यालय निर्माण कार्य समयमै सम्पन्न नहुदाँ पठनपाठनमा समस्या हुने गरेको अध्यक्ष बौडेलको भनाई रहेको छ ।
भवनको फ्लोर, सिलिङ्ग र वालमा लिकेजको समस्या देखीएको नगरपालिकाले जनाएको छ ।
उक्त भवनको अनुगमनका क्रममा काम पुर्ण रुपमा सम्पन्न नभएको र काम तत्काल सुरु गर्न निर्माण कम्पनी ओम कन्ट्रकसनलाई नगरपालिकाले पत्राचार गरेको नगरपालिकाका ईन्जीनियर महेश काफ्लेले जानकारी दिए । उनका अनुसार नगरपालिकाले दिएको निर्देशन अनुसार निर्माण कम्पनीले काम नगरे आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईने ईन्जीनयर काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया