दर्शन खबरको १ बर्षे यात्रा, पाठक र दर्शकको अपार माया


पिपल्स एक्सेस नेपाल प्रा.ली. मार्फत संचालीत दर्शन खबर डटकम आज देखी पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको यस दर्शनखबर अनलाईन संचार माध्यमले जनतालाई सुचना दिने र सरोकारवाला निकायहरुलाई खबरदारी गर्नका लागी तत्पर रहदै आएको छ ।
हजारौँ संचार माध्ययमको भिडमा स्थापनाको १ वर्षका दर्शन खबरले अनलाईन प्रणाली मार्फत जनतालाई सुसुचित गराउँदै आएको छ । दर्शनखबर पढ्न र हेर्नका लागी भिडियो समाचार प्रशारणको काम समेत गर्दै आईरहेको छ । यस अवशरमा हामिलाई सधैव माया गरिरहने हाम्रा दर्शक तथा पाठकहरुलाई विषेश धन्यवाद व्यक्त गर्न चाहान्छौँ । हाम्रा नियमित विज्ञापन दाता दर्शक तथा पाठक ज्युहरुको मायाले आमिलाई अझ हौसला प्रदान गरेको छ ।
देश संघिय संरचनामा गए पश्चात तिन तहमा सरकार विभाजन भएको छ । तिनै तहका सरकारले गरेका काम कारवाहीलाई पारदर्शी, सुसासनयुक्त बनाउन हामिले दिनानु दिन खबरदारी गर्दै आईरहेका छौ । स्थानिय तहमा भएको वेथिती तथा भ्रष्टाचारका घटनाहरुलाई श्रव्य दृश्य मार्फत सरोकारवाला निकाय सम्म खवरदारी गर्दै आएका छौँ ।

विश्वमै अनलाइन माध्यम (न्यु मिडिया) प्रति आकर्षण बढ्दो छ । पत्रपत्रिका, रेडियो÷एफएम रेडियो, टेलिभिजनजस्ता परम्परागत सञ्चारका माध्यमको तुलनामा न्यु मिडिया छिटो र प्रभावकारी छ । सञ्चालन, सम्पादन र सामग्री वितरणका दृष्टिकोणले पनि सजिलो छ । इन्टरनेटको पहुँचले विश्वको जुनसुकै कुना–काप्चाबाट यसलाई सहजै सञ्चालन गर्न सकिन्छ । एकछिन सामाजिक सञ्जाललाई बिर्सने हो भने हाम्रो मुलुकमा पनि नयाँ पुस्ताको आकर्षक र लोकप्रिय माध्यम अनलाइन बनिरहेको छ ।
पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ । कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषणनै अनलाईन वा इन्टरनेट संचार हो । अनलाईन संचारमा कम्प्युटर टेलिफोन लाईन वा इन्टरनेट लाईनका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको छ ।
एक वर्षको अवधीमा हामी अविचलित भई जिनरन्तर रुपमा अगाडी बढीरहेका छौँ । नेपालका सवै नागरिकहरुको सरोकारका विषयहरुलाईनै हामिले मुल विषयबस्तु बनाई समाचार प्रकाशन तथा प्रशारण गर्ने गरेका छौँ । लोकतन्त्र, राष्ट्रियता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै यस दर्शनखबर तत्थ्यमा आधारित समाचार प्रकाशन तथा प्रशारण गर्नका लागी आगामी दिनमा पनी शक्रीय रहने कुरा जानकारी गराउँदछौँ ।
अन्या २०७९ सालको विजया दशमी, शुभदिपावली र छठ पर्वकोे अवशरमा हामी हाम्रा सम्पुर्ण पाठक, दर्शक, विज्ञापनदाताहरुमा हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सिता आचार्य
अध्यक्ष, पिपल्स एक्सेस नेपाल प्राली

तपाईको प्रतिक्रिया