
सुर्खेत । गाउँघरमा दसैँतिहारको समयमा खेलीने लिङ्गे पिङ लोप हुदैँ गएको छ ।
दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ ।
गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ । बाबियोको डारी बाटेर प्रयोग गरेर बाँसको लिङ्गा गाडेर पिङ हाल्ने गरिन्थ्यो ।
गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने अनुभव युवाहरुको भनाई रहेको छ ।
सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेको कारण पिङको संस्कार पनि हराउँदै गएको गएको छ ।


दर्शन खबर । ११ आश्विन २०७९, मंगलवार