यातायात व्यावसायीले मनोमानी रुपमा भाडा असुल्दा मर्कामा यात्रु

सुर्खेत । सुर्खेतका यातायात व्यावसायीहरुले मनोमानी रुपमा भाडा असुली गर्दा यात्रुहरु मर्कामा परेका छन् । सुर्खेत दैलेख सडकमा संचालन हुने सवारीहरुले आधिकारीक निर्णय बिनै सवारी भाडादर वृद्धी गर्दा यात्रुहरु मर्कामा परेका हुन ।
असोज ९ गते आईतवार विहानै देखी पुरनो भाडादर मा १० प्रतिशत बढाई यातायात संचालन गरे पश्चात आईतवार विहान केही समय सुर्खेत देखी दैलेख जाने सवारीहरु कपासेमा ठप्प भएका थिए । यातायात व्यवसायीहरुले भाडा वृद्धी नभए सम्म सवारी संचालन नगर्ने भन्दै दैलेख लागी हिडेका सवारी कपासेमा रोकी यात्रुलाई झारेका थिए । विहानै देखी दैलेखका लागी छुटेका सवारी रोकिएपछी यात्रुहरुको विचल्ली भएका थियो । यायातात व्यवसायीले जबरजस्ती रुपमा गाडिबाट यात्रु र उनिहरका सामानहरु झारेका थिए । यात्रुको विचल्ली भएपश्चात यातायात व्यवसायी र सरोकारवाला निकायविच छलफल भएको थियो ।

 

सरोकारवालाहरुको बैठक पश्चात पुरानै भाडादरमा सवारी संचालन गर्न यातायात व्यवसायीहरु सहमत भएका थिए । यता यातायात व्यवस्था कार्यालय कर्णालीका कार्यालय प्रमुख आनन्द चपाँईले जिल्ला प्रशासन कार्यालय र यातायात कार्यालयलाई कुनै जानकारी नगराई यातायात व्यवसायीले आफुखुशी भाडा बढाउन नपाईने बताए । भाडादरको विषयमा जिल्ला प्रशासन कार्यालयले यातायात व्यावसायीहरुलाई छलफलमा बोलाउँदा उनिहर छलफलमा नआउने गरेको चपाँले बताए । भाडाद निर्धारणका लागी ६ महिनादेखी जिल्ला प्रशासन कार्यालयले गृहकार्य गरेको भएता पनी व्यावसायीहरु छलफलमा नआउँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिए । अहिले संयुक्त यातायात व्यावसायीले पुरानै दर रेटमा सवारी भाडा कायम गर्ने भएका छन् ।

 


तपाईको प्रतिक्रिया