धुलियाविटमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर ११ धुलियाविटमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ भएको दुर्घटनामा घाईते भएको रामप्रसाद थारुको उपचारको क्रममा सोमवार विहान ४ बजे प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो ।

छिन्चुदेखी सुर्खेततर्फ आउँदै गरेको थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएकि छन् । उनको शरीरमा विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेकि प्रहरीले जनाएको छ ।
यस्तै, भे ६ प ३८९० नम्बरको मोटरसाइकल चालक गणेश खड्का पनि घाइते भएका छन् उनको पनि हात खुट्टा र शरीरमा चोट लागेको छ ।
घाईते दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइे छ ।


तपाईको प्रतिक्रिया