सिम्तामा खुला फुटबल प्रतियोगिता सम्पन्न, आयोजक ट्री फाउन्डेसन प्रथम


सुर्खेत । सिम्तामा खुला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बिजया दशमीको अवसरमा ट्री फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा आयोजक ट्री फाउन्डेसन प्रथम भएको छ । प्रथम ट्री फाउन्डेसनले ५० हजार नगद सहित प्रमाणपत्र,मेडल र कप प्राप्त गरेको छ । यस्तै जन कल्याण सल्लबिजार दोस्रो भएको छ । जनकल्याण क्लबले ३० हजार नगद सहित प्रमाणपत्र, मेडल र कप प्राप्त गरेको छ ।यस्तै प्रतियोगिताको उकृष्ट खेलाडी नवराज गिरी भएका छन् उनले नगद सहित प्रमाणपत्र, मेडल प्राप्त गरेका छन् । असोज ६ गते देखी सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । सोमवार भएको समापन कार्यक्रममा सिम्ता गाउँपलिका वडा नम्वर ६ का वडा अध्यक्ष लोकेन्द्र सिं ठकुरी, नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सचिव मोहन राना, जिल्ला कमिटी सदस्य प्रचण्ड पोख्रेल लगाएत खेल सम्वद्ध नागरिकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया