
सुर्खेत । चाडपर्व लक्षीत सुरक्षा योजना अन्तरगत सुर्खेत बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । २४ सैं घण्टा यात्रुहरुलाई सहयता उपलव्ध गराउने उदेश्यले सोमवार कक्षको स्थापना गरिएको हो । सुर्खेत बसपार्क, सुब्बाकुना, छिन्चु र बबैमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख पदम बहादुर विष्टले जानकारी दिए ।
यात्रुहरुलाई सुरक्षितका साथ गन्तव्यमा पु¥याउन यातायात व्यवसायीहरुलाई आग्रह समेत गरिएको छ । चाडपर्वमा यात्रुहरु हतारमा हुने भएकाले दुर्घटनारहित यात्रा गराउन सबै यातायात व्यवसायीलाई प्रहरी प्रमुख विष्टले आग्रह गरेका छन् ।
पहाडी क्षेत्रका ग्रामिण सडकहरु कच्ची रहेको र कमाउने नाममा क्षमताभन्दा बढी यात्रु राख्ने काम बन्द गर्न पनि प्रहरी प्रमुख विष्टले सुझाव दिएका छन् ।
दशैँ मनाउन घर जाने यात्रुहरु लुटिने घटना हुने खतरा हुन भन्दै, यस्तो अवस्थामा यात्रु स्वंयम र सवारी चालकहरुले विषेश ख्याल गर्न पनी विष्टले सुझाव दिएका छन् । यात्राका क्रममा कुनै त्यस्तो घटना भएमा तत्काल प्रहरीलाई खवर गर्न उनले अपिल गरेका छन् । चाडपर्वको समयमा हुने आपराधिक गतिविधी रोक्नका ७ सय १० जना प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख विष्टले जानकारी दिए । जिल्लाका ३२ स्थानिमा ट्राफीक सहितको चेकिङ्गको व्यवस्था मिलाईएको पनी विष्टले जानकारी दिए ।


दर्शन खबर । १० आश्विन २०७९, सोमबार