अमरज्योतिमा चाडपर्व लक्षीत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ नेवारेमा रहेको अमर ज्योति नमुना माध्यामीक विद्यालयमा दशै तिहार तथा छठ पर्वको अवशरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारी कक्षा ११ का नव आगन्तुक बिद्यार्थीलाई स्वागत समेत गरीएको छ ।
शुक्रबार भएको कार्यक्रममा बिद्यालयमा कक्षा १२ का विद्यार्थीको समन्वयमा अमर ज्योति नमुना माध्यामीक विद्यालयको आयोजनामा शुभकामना आदान प्रदान तथा कक्षा ११ का बिद्यार्थीलाई स्वागत कार्यक्रम गरिएको होे । कार्यक्रममा कक्षा १२ मा अध्यनरत छात्राहरु मुना चालीसे, रोशनी तिवारी र सीता आचार्यले करीब एक हजार नव अगन्तुक कक्षा ११ का बिद्यार्थी लाई टिका लगाएर स्वागत गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण प्रसाद पौडेलको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालीका वडा न। १२ का वडा अध्यक्ष चुडामणी चपाइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थीयो । कार्यक्रममा बोल्दै प्रमुख अथिती चपाईले दशैँ तथा तिहार नेपालीहरुको महान चाड भएकाले कसैले पनि तडकभडक नगरी सभ्य र भव्य रुपमा हर्षउल्लासका साथ मनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापा, विद्यालय व्यवस्थापन समितीका सल्लाहाकार टिकाराम आचार्य, बरिष्ठ समाजसेवी तथा विद्यालय सल्लाहकार सदस्य मान बहादुर खड्काले सम्बोधन गर्नुभएको थीयो भने विद्यालयका अतिरिक्त कार्यक्रम प्रमुख दिपक बिष्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थीयो ।

तपाईको प्रतिक्रिया