
सुर्खेत । वीजया दशमी तथा शुभ दिपावलीको अवशरमा आली बजार सरसफाई गरीएको छ । शनिवार विहान सिम्ता गाउँपालिका वडा नम्वर ५ को आयोजनामा बजेडा आली ज्यामीरे खोला देखी आली बजार सम्म करिव १५ सय मिटर सडक सरसफाई गरिएको वडा नम्वर ५ का वडा अध्यक्ष मोहन कुमार चन्दले जानकारी दिए । कार्यक्रममा सडक आसपासमा रहेका फोहोरहरु संकलन गरी व्यवस्थापन गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सिम्ता गाउँपालिकाका अध्यक्ष एन बहादुर चन्दले चाडपर्व नजिकीए संगै सवै नागरिकरुलाई सार्वजनीक स्थानहरु संगै आ आफ्नो घर आगन सफाई गर्न वडा वासिलाई सुझाव समेत दिएका थिए । अहिले डेंगु रोगको संक्रमणको जोखिम बढेको अवस्थामा यसको न्युनीकरणका लागी सबैले घर आगन सफा राख्न गाउँपालिका अध्यक्ष चन्दले सुझा समेत दिएका छन् ।
यस्तै वडा नम्वर ५ का वडा अध्यक्ष मोहन कुमार चन्दले महान पर्व दशैलाई सव्य र भव्य रुपमा मनाउन वडा वासिलाई अनुरोध गर्दै चाडपर्वलाई भड्कीलो नबनाई सव्य र भव्य रुपमा मनाउन सुझाव दिए ।
कार्यक्रममा स्थानिय नागरिक जनप्रतिनिधी विद्यार्थी, प्रहरी तथा सरोकारवाला नागरिकहरुको सहभागितामा रहेको थियो ।


दर्शन खबर । ८ आश्विन २०७९, शनिबार