
सुर्खेत । भ्याली मेरिडियन एकेडेमी वीरेन्द्रनगरलेले बडा दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । २०६३ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने भ्याली मेरिडिएनमा शनिबार शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यालयले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिँदै आएको बताउँदै विद्यालयका कार्यकारी निर्देशक सुवास थापाले कार्यक्रममा विद्यालयको लक्ष्य र उद्देश्यमाथी प्रकाश पार्दैे प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताए ।
सुविधा सम्पन्न भौतिक संरचनाबाट अध्ययन अध्यापन भईरहेको भन्दै सुर्खेतका अन्य शैक्षिक संस्थाभन्दा भिन्न पहिचान राख्न सफल भएकोदाबी गरे ।


दर्शन खबर । ८ आश्विन २०७९, शनिबार