डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत र सहायक अधिकृत विरुद्ध मुद्दा


सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल र सहायक वन अधिकृत टेकबहादुर रावलविरुद्ध मुद्दा दायर भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा विवरण पेश गरि रकम भुक्तानी दिनेरलिने वन अधिृकत दाहालसहति ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ३ र ४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको देखाई चार लाख ३६ हजार ७२२ रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारमा उजुरी परेको छ ।

आयोगका अनुसार उनिहरुले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको पुष्टि हुन आएकोले निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (घ) र (ङ)द्वारा परिभाषित कसुर भएकोले गोविन्दप्रसाद दाहाल र टेकबहादुर रावलउपर बिगो चार लाख ३६ हजार ७२२ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया