लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउनेको संख्या बढ्यो

हुम्ला । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन् । छिमेकी देश चीनले कोरोना सङ्क्रमणका कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमा नाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही वर्षयता कैलाश मानसरोवरको नेपाली भूमि लाप्चाबाट दर्शन गर्दै आएका छन् ।

 

यस वर्ष भारतीय सन्त सदगुरु ९जग्गी वासुदेव०सहित एक हजार ११ जना विदेशी धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन् । सदगुरुको समूहमा एक हजार दुई सय ११ जना विभिन्न देशका दर्शनार्थीले हुम्लाको लाप्चाबाट मानसरोवर दर्शन गरेर फर्किएका छन् । यसमा महिला छ सय ४१ जना र पुरुष पाँच ७० जना कैलाश मानसरोवरको दर्शनका लागि आएका सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।
यस्तै भारतबाहेक बेल्जियम, अमेरिका, जर्मनलगायत १९ देशका १७ नागरिकले पनि लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गरेका छन् । यसका साथै करिब तीन सय आन्तरिक दर्शनार्थीले पनि लाप्चाबाट दर्शन गरेका छन् । चीनको तिब्बत क्षेत्रमा अवस्थित मानसरोवर कैलाश हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो । मानसरोवर कैलाश पुग्न कठिन भएकाले पछिल्लो समय हुम्लाको लाप्चाबाट दर्शनगर्ने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष मानसरोवर दर्शनका लागि आएका दर्शनार्थी लाप्चाबाट दर्शन गरेर फर्किएका होटल व्यवसायी विजय लामाले बताए ।

तपाईको प्रतिक्रिया