अफगानिस्तानमा टिकटक र पब्जी प्रतिबन्ध

अफगानिस्तान : तालिबान सरकारले आगामी तीन महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यहाँको दूरसञ्चार मन्त्रालयले हालै उक्त निर्णय गरेको बताइएको छ ।

अफगानिस्तानको समाचार एजेन्सी खामा प्रेसले टिकटक र पब्जी दुबै एपलाई ९० दिनभित्र प्रतिबन्ध लगाउन सरकारले निर्देशन दिएको बताएको छ ।

देशभरका दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई टिकटकलाई अबको एक महिनाभित्र र पब्जीलाई ९० दिनभित्र बन्द गर्न आदेश दिइएको छ । मन्त्रालयको उक्त निर्णय तोकिएको समयभित्र कार्यान्वयन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको छ ।

लोकप्रिय गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाउने सार्क राष्ट्र पाकिस्तान र भारतपछि अफगानिस्तान तेस्रो देश हो । पछिल्लो समय यी दुवै एपका प्रयोगकर्ताहरू निकै बढेका छन् ।

 

तपाईको प्रतिक्रिया