संविधान दिवसको अवसरमा नगर प्रमुखहरुको टोलिद्वारा प्रभाकर मावि सरसफाई


दुर्गा विसी । सल्यान । संविधान दिवसको अवसरमा बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णवहादुर वुढाथोकि,सुरक्षा कर्मि लगाएतको टोलिले प्रभाकर मावि प्राङ्गण भित्र सरसफाइ गरेको छ ।विद्यालय हाता भित्र कृष्ण मन्दिर समेत रहेकाले मन्दिर लगाएत विद्यालयको प्राङ्गण आसपास सरसफाइ गरिएको छ ।
सुरक्षाकर्मी,जनप्रतिनिधि र कर्मचारीको टोलिद्वारा संविधान दिवसको अवसर सरसफाइ कार्यक्रम आयोजना गरिएको थियोे ।
सल्लिवजारमा उक्त टोलिले र्यालि निकालेको छ ।

 

बजार वासिलाइ यत्रतत्र फोहर नफ्याक्न समेत अनुरोध गरिएको छ । सफा सुन्दर नगर नामकरणमा साथ दिन अपिल गरिएको छ । अर्कोतिर नगरले वजार सफा राख्ने पदैल अभियान चलाए पनि फोहरले बन्द नालिले वजार दुर्घन्दित वनाएको छ ।सरसफाइका नाममा नगरले नालि खोलेर सुचारू गर्ने र सडक,नालि अतिक्रमित घरटहरा हटाउन तर्फ भने कुनै वास्ता गरेको पाइदैन ।
८ औ संविधान दिवसको अवसरमा वनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख बुढाथोकीको नेतृत्व तथा रोहवरमा सरसफाई तथा राहत वितरण समेत गरिएको छ ।
विमला पुन, जिउने सुनार, सरिता ताउले,देवी वस्नेत,दिपिशा वि कको घरपरिवारलाई राहत वितरण गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया