गुर्भाकोटमा चट्याङ लागेर एक जना घाईते

हुम बहादुर कार्की गुर्भाकोट :  गुर्भाकोट नगरपालिका वडा न. २ स्थित डाडडाबमा आज दिउँसो करिब २ बजे तिर पुर्ण बहादुर वलिको घरगोठमा चट्याङ परि क्षेति भएको हो ।

चट्याङ बाट गोठमा रहेको एक हल गोरुको मृत्यु भएको र घरमा रहेका पुर्ण बहादुर वलिको देब्रे खुट्टामा गहिरो चोट लागेको वडा सदस्य नरसिंह वलिले जानकारी दिनु भएको छ ।

सोही घटना बारे अनुसन्धान गर्न मालारानी प्रहरी चौकीका इन्चार्ज (असइ) नर बहादुर शाहीको टोलि घटना स्थल गएको शाहीले बताउनुभयो । साथै त्यहाको पूरा घटना बारे विवरण भोलि जानकारी हुने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया