जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न माओवादी पञ्चपुरीको अनुरोध


सुर्खेत । नेकपा माओवादी पञ्पुरीले पश्चीम सुर्खेतका नदी र खोला छेउका जोखिममा रहेका बस्तीका जनसमुदायहरु लाई उच्च सतर्कता अपनाउदैं सुरक्षित स्थानमा स्थानान्तरण गरि खाना र बासको उचि व्यवस्थापन गर्नहुन स्थानीय ,प्रदेश र संघीय सरकारका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।
केही दिन देखिको अबिरल बर्षातका कारण पञ्चपुरी नगपालिका मा बस्तीहरुमा वाढी र पहिरो पसेर बालिनाली,पशुचौपाया, घरखेत लगाएतका भौतिक संरचना क्षति पुर्याउनुका साथै खानेपानी ,सिचाइ र यातायात अबरुद्ध भएकोले समयमै उद्वार ,राहत र क्षतिपूर्तिको व्यवस्थापन गर्न वडा नम्वर १० बाघगडा, गल्फा ,वडा नम्वर ११ तातापानी ,वडा नम्वर ९, राग, खरालटोल, चुहानटोल बस्नेवडा नम्वर ७ जंगलाघाट लगाएतका विभिन्न र मौषममा अपेक्षित सुधार नभएकोले नदी र खोला छेउका जोखिममा रहेका बस्तीका जनसमुदायहरु लाई उच्च सतर्कता अपनाउदैं सुरक्षित स्थानमा स्थानान्तरण गरि खाना र बासको उचि व्यवस्थापन गर्नहुन स्थानीय ,प्रदेश र संघीय सरकारका सम्बन्धित निकायहरूको सोमवार गम्भीर ध्यानाकर्षण गराएको हो ।

प्रभावित बस्तीहरुको स्थलगत अनुगमन गर्दा जनताको माग भनेको सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नु पर्ने रहेको बताईएको छ । जलवायु परिवर्तन र पछिल्लो निरन्तरको प्राकृतिक प्रकोपको अवस्थालाई हेर्दा जुनसुकै समयमा जस्तोसुकै प्राकृतिक बिपत्ति आई ठूलो धनजनको क्षति हुनसक्ने बिषयप्रति समयमै सचेत हुदै नदीनाला र खोला छेउका बस्तीहरुलाई दिर्घकालीन योजना सहित सुरक्षित स्थानमा स्थानान्तरण गरि जनताको जिबन रक्षा गर्न सम्पूर्ण पक्ष गम्भीर र संबेदनसिल बन्न बिशेष आग्रह गरेको छ ।
मुख्य चाडपर्वहरुको आगमनको समयमा आएको बाढी र पहिरोले सबै जसो सडक संजालहरु अबरुद्ध हुदां जनताको दैनिक जिवनयापन अत्यन्तै कष्टकर बनि आवत जावतमा नै समस्या परेको विधितै छ । तत्काल आवश्यक बजेट र पर्याप्त साधनहरु भ्याक्कु लोडर,स्काभेटर र टिप्पर परिचालन गरि सम्पूर्ण सडकहरु मर्मत र सुचारू गर्न ,विभिन्न ठाउँका अबरुद्ध खानेपानीहरु मर्मत गरि जनतालाई शुद्व खानेपानीको व्यवस्था गर्न कर्णाली प्रदेश सरकार ,संघीय सरकारका सम्बन्धित निकायहरु र पञ्चपुरी नगरपालिका समक्ष जोडदार माग गर्दै आ(आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सम्पूर्ण जनसमुदायहरु लाई हार्दिक आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया