कानुन मन्त्रालय द्वारा १ सय २६ जना बादी बालबालिकालाई खाद्यान्न सहयोग


सुर्खेत । सुर्खेतमा रहेका १ सय २६ जना बादी बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ । आईतवार कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बादी बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो । वीरेन्द्रनगर–८ खजुरामा रहेका
बादी बालबालिकाहरुको आवासगृहमा संविधान दिवसको अवसर पारेर खाद्यान्न वितरण गरिएको हो ।

चाडपर्व नजिकिँदै गरेको बेला उनीहरुलाई खाद्यान्न सहयोग गरेको कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए । आवसगृहमा ३० बोरा चामल, ५० केजी दाल, पाँच वटा ग्यास सिलिन्डर, दुई पेटी स्याउ, पाँच प्याकेट पिठो, दुई पेटी तेल दिइएको हो ।
यस्तै पाँच केजी बेसार, एक बोरा आलु, पाँच पेटी स्वविन, एक बोरा काउँली, नुन र खुर्सानीलगायत खाद्यान्न प्रदान गरेको सचिव भुसालले बताए । आवासगृहलाई स्थायी रुपमा सञ्चालन गर्नका लागि पहल गरिनुपर्ने उनले बताए । मन्त्री शाहीले आवासगृहका सञ्चालक हिक्मत शाहीलाई धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गरे ।

 


तपाईको प्रतिक्रिया