कुलेन्द्र शाही जाजरकोट : “बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ बुधवार जाजरकोटको शिवालय गाउँपालिका ५ थालारैकर ठाँटी बजारमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको छ ।
बाल विवाह नियन्त्रणका लागि शिवालय गाउँपालिका वडा नं ५ का सहास नेपालद्धारा गठित दलित किशोरी संवाद केन्द्रको आयोजना तथा सहास नेपाल पाईला परियोजनाको आर्थिक सहयोगमा ५८ औँ बाल दिवस मनाईएको हो । उक्त कार्यक्रमदलित किशोरी संवाद केन्द्रले बाल विवाह विरुद्ध सचेतनामुलक सडक नाटक लगायत विभिन्न रचनात्मक सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
सचेतनामुलक सडक नाटक मार्फत बालवालिकाको हकहित तथा अधिकार, बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानूनी सजाय लगायतका विषयमा जानकारी दिईएको थियो ।
यस्तै बाल दिवसका अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा शिवालय गाउँपालिका ५ का वडा अध्यक्ष गोपाले दमाईले शुभकामा दिँदैे बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई वडाले प्राथमकितामा राखेको बताउनुभएको थियो ।
उहाले शिक्षामा सबैको पहुँच पुर्याउने गरि योजना ल्याउने बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षालाई थप गुणस्तरीय बनाउने उल्लेख गर्नुभयो । बाल विवाहका कारण हुने शारीरिक, सामाजिक, मानसिक, आर्थिक, शैक्षिक लगायतका असर न्यूनीकरणका लागि बाल दिवसको अवसर पारेर बाल विवाह बिरुद्ध सडक नाटक गरिएको संवाद केन्द्रकी अध्यक्ष कमला दमाईले बताउनुभयो ।
सचेतनामुलक अभियान मार्फत बालवालिकाको हकहित तथा अधिकार, बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानूनी सजाय लगायतका विषयमा जानकारी दिईएको उहाले बताउनुभयो । उक्त कार्यक्रममा सभाअध्यक्ष लक्ष्मी परियार रहनुभएको थियो ।
कार्यक्रमको सञ्चालन सिर्जना परियारले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन राजु दर्नालले गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका जनप्रतिनिधी, कर्मचारी, अस्थायी प्रहरी पोस्ट लगाएत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानिय नागरिकहरुको उपस्थिति रहेको थियो ।




दर्शन खबर । ३० भाद्र २०७९, बिहीबार