
दुर्गा विसी । सल्यान । बनगाड कुपिण्डे नगरपालिका स्थिति दुई निजि बोर्डिङले विविध कार्यक्रम गरि वालदिवस मनाए । ‘बालमैत्री समाजको आधार,जिम्मेवार परिवार, उत्तरदायी समाज’ को मुल नाराका साथ बुधवार कृष्ण बोर्डिङ स्कुल र ग्रीन बोर्डिङ स्कुल सल्लिवजारले विविध कार्यक्रम गरि वालदिवस मनाए । विद्यालयद्वारा बजार परिक्रम तथा जनचेतनामूलक कार्यक्रम सहित र्यालि निकालिएको थियोे । ¥याली पछि विद्यालयद्वारा नृत्य,नाटक,वक्तव्य,हाजिरजवाफ,खेलकुद लगायतका विभिन्न कार्यक्रम गरेको स्कुलहरुले जनाएका छन् । जसमा शिक्षक विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।
¥यालीमा इलाका प्रहरी कार्यालय सल्लिबजारका सुरक्षाकर्मीज्युहरुलाई श्री कृष्ण बोर्डिङ स्कुल र लङग्रीन बोर्डिङ स्कुलले छुट्टाछुट्टै र्यालिको आयोजना गरेका थिए । वालदिवसका अवसरमा स्थानीय तहले यस्ता खाले कार्यक्रममा प्रोत्साहित गर्नु पनि हो । तर कुनै खासै कार्यक्रम प्रती चासो नदिए पनि संस्थागत विद्यालय वालदिवसको अवसरमा स्थानीय तहको इज्जत ढाकिदिएको शिक्षक विरेन्द्र वुढाक्षेत्रीको भनाइ रहेको छ । सरकारी विद्यालयहरुले भने वालदिवसलाएए खासै मतलव राखेनन ।सरकारी विद्यालयहरुले उक्त अवसरमा कार्यक्रम गरेको मनाएको कहि कतै देखिएन ।


दर्शन खबर । ३० भाद्र २०७९, बिहीबार