भेरीगंगामा ३० गते राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला

भेरीगंगा : सुर्खेतको भेरीगंगा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले नगर भेला कार्यक्रम तथा वडा कमिटी गठन गर्ने भएको छ । भेरीगंगा नगरपालिका १२ छिन्चु बजार पिपलचौँतारामा ३० गते (भोली) बिहिवार दिउँसो १२ बजेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले नगर भेला कार्यक्रम तथा वडा कमिटी गठन गर्ने भएको हो ।

उक्त कार्यक्रममा नगर कमिटी गठन, वडा कमिटी गठन तथा राष्ट्रिय स्वतन्त्र पार्टीमा आउन चाहानेहरुलाई प्रदेश सभापति धिरज वलि र जिल्ला सभापति लक्ष्मी नारायण बस्नेतले स्वागत गर्ने कार्यक्रम रहेको भेरीगंगा नगरसभापति राजेन्द्र प्रसाद शर्माले जानकारी दिए ।

उक्त कार्यक्रममा भेरीगंगगाका १३ वटै वडाका नागरिकहरुलाई उपस्थितिको लागि पार्टीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया