मंगलगढी चौक देखी गणेशचौक पुल सम्मको अवैध संरचना हटाउन सुरु


सुर्खेत । वीरेन्द्रनगरको मुख्य बजार मंगलगढी चौक देखी गणेशचौक पुल सम्मको अवैध संरचना हटाउन सुरु गरिएको छ । केही दिन पहिला वीरेन्द्रनगरनगर नगरपालिकाले मुख्य बजार क्षेत्रका अवैध संरचनाहर हटाउन ७ दिने सुचना जारी गरेको थियो । बुधवार देखी मुख्य बजार क्षेत्रका सडकका दुवै किनारमा नक्सापास नगरी बनेका अवैध संरचना सुरु गरेको हो ।
गत भदौ २१ गते जिल्लास्थित पुर्वाधार निर्माणसंग सम्बन्धित सरोकारवालासंग बसेको सर्वपक्षिय बैठकले बजार क्षेत्रको दुवैक्षेत्रका विद्युतका पोल तथा तार, अन्य निजि क्षेत्रका भौतिक संरचना हटाउन सुचना निकालेको थियो ।
नगरपालिकाले दिएको समयावधी सकिएपछि मुख्य बजार क्षेत्रमा रहेका विद्युतका पोल, नेपाल टेलिकम तथा इन्टरनेट प्रदायक संस्थाका तारहरु तथा सडक किनारामा पर्ने रुख तथा भौतिक संरचना हटाउन थालेको हो ।
१ हजार ७ सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार काम थालिएको नगरपालिकाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया