राष्ट्रिय बाल दिवस गुर्भाकोटको जनसेवा आधारभुत विद्यालयमा पनि मनाइयो

अम्मर राजबंशी गुर्भाकोट : “बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भने मुलनारा का साथ ५८औ राष्ट्रिय बाल दिवसको अबसरमा श्री जनसेवा आधारभुत विद्यालय गुर्भाकोट नगरपालिका वडा न.४ मा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

उक्त बाल दिवसको अवसरमा गुर्भाकोट नगरपालिका वडा न ४ का सबै बिधालय का गरीब असहाय विद्यार्थीहरुलाई वडा अध्यक्ष बालबालिका शिक्षण सामाग्री बितरण कार्यक्रम गरि सम्पुर्ण असहाय विद्यार्थीहरु लाई शिक्षण सामाग्री बितरण गरिएको वडा अध्यक्ष राम बहादुर डाङीले बताउनु भयो ।

उक्त कार्यक्रमको प्रमुख अथिती गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन विशेष अतिथि गुर्भाकोट नगरपालिका वडा न.४ का वडा अध्यक्ष राम बहादुर डाङी वडा न.४ का वडा सदस्यहरु विद्यालयका शिक्षक शिक्षिका राजनीति दलका प्रतिनिधि समाजसेवि र विद्यार्थीहरु को उपस्थितिमा कार्यक्रम सम्मपन भएको छ ।
बाल दिवसको शुभकामना दिदै नगर प्रमुख हस्त पुनले यस नगरभित्रका सम्पूर्ण बालबालिका शिक्षाको पौच भन्दा बाहिर नरहेको बताए ।यस्तै वडा अध्यक्ष राम बहादुर डाङीले बालबालिका भबिस्यका कर्नधार रहेको र उनिहरुलाइ शिक्षा बाट बन्चित नगराउन आग्रह समेत गरे ।

No description available.


तपाईको प्रतिक्रिया