सुर्खेत : नेपाली कांग्रेस सिम्ताले वडा अध्यक्षको राजिनामा मागेको छ। सिम्ता गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष लोकबहादुर शाहीले एउटा महिला संग गरेको गोप्य फोनको अडियो सार्वजनिक भएपछि राजिनामा माग गरिएको हो।
नेपाली कांग्रेस सिम्ता गाँउ कार्यसमितिका सभापती वीरेन्द्र रावतले शुक्रवार एक विज्ञप्ती जारी गर्दै शाहीको राजिनामा माग गर्नु भएको हो। उहाँले जनताद्धारा निर्वाचित जनप्रतिनिधि नै समाजमा उदण्ड फैलाउने कार्यमा लागेको भन्दै तत्काल कारवाही गर्न माग गर्नुभयो।
अडियो सार्वजनिक भएको लामो समय वितिसक्दा पनि स्थानिय सरकार वेखवर रहेको भन्दै सत्य तथ्य छानविन गरेर दाषीलाई कानुनी दायरामा ल्याउन स्थानिय सरकारको ध्यानकर्षण गराउनुभयो।
यसअघि वडा अध्यक्षको राजिनामा माग्दै स्थानियले वडा कार्यालय तालावन्दी समेत गरेका थिए ।



दर्शन खबर । २४ भाद्र २०७९, शुक्रबार